FAQs Complain Problems

जुनीचाँदे गाउँपालिकाको संक्षिप्त विवरण

जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिका साविक मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाउँ विकास समिति समाहित गरेर नेपाल सरकारले २०७३ साल फाल्गुन २७ गते जुनीचाँदे गाउँपालिका घोषणा गरी ११ वटा वडामा विभाजन गरिएको हो । पूर्वमा कुशे गाउँपालिका पश्चिममा दैलेख जिल्ला उत्तरमा कालिकोट र जुम्ला जिल्ला दक्षिणमा छेडागाड नगरपालिकाको विचमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण जुनीचाँदे गाउँपालिकाको कुल क्षेत्रफल ३४६.२१ वर्ग किलोमिटर रहेको छ । जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसङ्ख्या २३७७१ रहेको छ । जल , जङ्गल , जडिबुटि , कृषि, उद्दोग, जलश्रोत र रत्न पथ्थर जस्ता प्रचुर सम्भावना बोकेको यस जुनीचाँदे गाउँपालिकाको भौगोलिक विकटताको कारण अल्ली पछाडी परेको छ । रोग भोग गरिवी र भौगोलिक विकटताबाट ग्रसित जुनीचाँदे गाउँपालिकाको मुख्य पेशा परम्परागत कृषि प्रणाली नै रहेको छ । 

"समृद्धी जुनीचाँदे  र दिगो विकासको आधार ' शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र गरिबी निवारणमा हाम्रो सरोकार" मुल ध्ययेलाई अहिंकार गरी जुनीचाँदे गाउँपालिका समृद्धि र विकासमा एकाकार भएर अगाडी बढेको छ । ।